Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

आज रेखाको बर्थ डे


विगत एक दशक देखि हाल सम्म नम्बर वान हिरोईनको ट्याग पाईरहेकी रेखा थापाको आज बर्थडे परेको छ । कलिउडकी यि नम्बर वान हिरोईन मन्दिर जान नमिल्ने भएपछि उनको बर्थ डे योजनामा केही असर पर्‍यो तर साँझ घरमा आयोजना हुने पार्टीका लागि उनको तयारी तिब्र छ ।

आज साँझ रेखाले आफ्नो नयाँ निवासमा विदेशबाट आएकी जेठ्ठी दीदी, आमा र केही नजिकका साथीभाईलाई भेला पारी केक काट्ने तयारी गरेकी छिन् । तर केक काट्दा उनी क्यान्डल चाहि ननिभाउने योजनामा छिन् । उनले भनिन्, बत्तिको उज्यालो नै निभायो भने राम्रो हैन नी ! आजको बर्थडेबाट थप उज्यालो म चाहन्छु ।' उनले ज्योतिष शास्त्रले दिएको तर्क पेश गर्दै आजको बर्थ डे देखि कहिले पनि क्यान्डल ननिभाउने बताएकी छिन् ।

आजको दिन रेखाले सामाजिक सेवाका लागि केही आर्थिक सहयोग गर्ने तयारी पनि गरेकी थिईन् तर अन्तिम समयमा उनको तयारी रोकिएको छ । 'सहयोगका हात पनि  बढाऊ भन्ने सोच थियो तर आज हुन सकेन तर पनि कैही छैन सहयोग गर्नलाई बर्थ डे नै आवश्यक छैन म चाडै यो काम गर्दैछु', रेखाले भनिन् । सामाजिक सेवाको उनको नयाँ काम आर्थिक रुपमा केही गरम रहेकाले उनले यो कार्यलाई भब्य गरी सार्वजनिक गर्दैछिन् ।

गड फादर छवि ओझाको नयाँ फिल्मका लागि तौल घटाईरहेकी रेखाले आजको पार्टीमा छविको उपस्थिति  नहुने घुमाउरो तर्क दिएकी छिन् । डिभोर्स काण्डले विभिन्न मोड लिईरहेको यो अवस्थाबाट के बुझन सकिन्छ भने रेखाको बर्थ डे पार्टीमा छविको अनुपस्थिति आफैमा एक डिभोर्स सरह हो । ह्याप्पी बर्थडे रेखा !
यस्तै आज निर्देशक शिब रेग्मीको पनि बर्थ डे हो । यि निर्देशकलाई पनि हाम्रो शुभकामना !


No comments:

Leave a Reply