Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

होसियार, चुरोट खानेको दिमाग कुहिन्छ

Like Us On Facebook Click Here
लण्डनको किङ्ग्स कलेजमा शोध गरिहरहेका वैज्ञानिकहरुले भनेका छन्, चुरोट खाने व्यक्तिहरुको स्मरणशक्ति, सिक्ने र तार्किक कुरा गर्ने क्षमता नष्ट हुन्छ । जसका कारण उसको दिमाग कुहिन्छ । ५० वर्षभन्दा माथिका करिव ८ हजार ८ सयमा गरिएको शोधमा उच्च रत्तचाप र मोटोपनका कारण पनि दिमागमा थोरै असर पर्ने पत्ता लागेको छ । जीवनशैलीको प्रभाव दिमाग र शरीर दुबैमा पर्ने बैज्ञानिकहरुले बताएका छन् । किङ्ग्स कलेजका वैज्ञानिकहरुको यो शोध हालै मात्र ‘एक जर्नलमा छापिएको छ । समाचारमा जनाइए अनुसार शोधका क्रममा ५० वर्षभन्दा माथिल्लो उमेरका मानिसहरुको स्वाथ्य र रहनसहनको आँकडा जंकलन गरियो र केही मामुली अभ्यासका आधारमा दिमागको परिक्षण गरियो । पहिलो परीक्षणको ४ वर्षपछि र फेरि ८ वर्षपछि सबैको जाँच गरिएको थियो । त्यसक्रममा प्रदर्शनको सीधा सम्वन्ध चुरोटसँग जोडिएको देखियो । बेलायतस्थित अल्जाइमर रिसर्जका डाक्टर साइमन रिड्लेले भनेका छन्-’पहिला गरिएको शोधले धुम्रपान र उच्च रत्तचापको सीधा सम्वन्ध विर्सने रोगसँग जोडिएको छ ।’ अल्जाइमर सोसाइटीका अनुसार ६५ सालभन्दा बढी उमेरका हरेक तीन मध्ये एक व्यक्तिमा विर्सने सम्वन्धी रोग हुनसक्छ । तर, यसलाई कम गर्न धेरै प्रयास गर्न सकिनेछ । सन्तुलित आहार, वजन नियन्त्रण, नितमित व्यायाम, रक्तचाप र कोलस्ट्रोलको नियमित परीक्षण र धुम्रपान नगर्नेले दिमागमा हुने क्षति नियन्त्रण गर्न सकिने चिकित्सकहरु बताउँछन् ।


No comments:

Leave a Reply