Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

सलमानलाई छाडेर अजय देवगन शाहरुखतिर

Like Us On Facebook Click Here

बलिउडमा सलमान खान र शाहरुख खानबीचको कित्ताकाटका बारेमा सायद कोहीपनि बेखबर छैन होला । दुइ खानबीचको लडाइँले कतिपय नवआगन्तुकलाई फाइदै भएको छ भने कतिपय कसलाई सपोर्ट गर्ने भन्ने भेउ नपाएर विलखबन्दमा पनि परिरहेका छन् । बलिउडका अभिनेता अजय देवगनले पनि दुइ खानको यो रस्साकस्सीमा अहिलेसम्म सलमानलाई साथ दिँदै आएका थिए । तर पछिल्लोपटक अजय र शाहरुखको हेलमेल बढेपछि सलमान हेरेको हेर्यै भएका छन् ।
हुनत सन अफ सरदार तथा जब तक है जान फिल्मको सिलसिलामा अजय र शाहरुखबीच भएको खटपटबाट सलमानलाई केही राहत मिलेको थियो र उनले त्यसमा अजको पूरा साथ दिएका दिए । तर बढेको खटपटलाई मथ्थर पार्दै शाहरुखको आउँदो फिल्म चेन्नै एक्सप्रेसमा अजयले मुख्य भूमिका निभाउने पक्का भएपछि सलमानलाई सहि नसक्नु भएको छ । समाचार अनुसार फिल्ममा अजय देवगन एक दमदार भूमिकामा देखा पर्नेछन् । बढेको खटपटका कारण अब शाहरुख र अजय एकै फिल्ममा देखा पर्न गाह्रो हुनेछ भन्ने आम अनुमान विपरित रोहित सेट्टीको प्रयासमा देवगन र शाहरुखबीच मिलापत्र भई नयाँ फिल्ममा सँगै काम गर्ने सहमति भएको बताइएको छ ।


No comments:

Leave a Reply