Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

शरणार्थी बाबुछोरीलाई कुटपिट र लुटपाट गर्ने प्रहरी पक्राउ


पथरी । मोरङको शनिश्चरे शिविरका शरणार्थी बाबुछोरीलाई कुटपिट गरी उनीहरूको साथमा भएको रकम लुटपाट गर्ने एक प्रहरी जवान पक्राउ परेका छन् । सेक्टर सी३ छाप्रो नम्बर ७ का सोमनाथ अधिकारी र उनकी ११ बर्षीया छोरी खिनामायालाई कुटपिट गरी उनीहरूको साथमा भएको नगद लुट्ने प्रहरी जवान दिलिप यादव पक्राउ परेका हुन् । बिहीबार साँझ पथरी बजारबाट शिविर फर्कंदै गर्दा यादवले अधिकारी बाबुछोरीलाई कुटपिट गरी उनीहरूसँग भएको नगद २ हजार रूपैयाँ लुटेका थिए । घटनाका आरोपी प्रहरी जवान यादवलाई इलाका प्रहरी कार्यालय पथरी नियन्त्रणमा लिई कार्वाही प्रकृया अघि बढाएको छ भने यादवले लुटेको रकम पिडितलाई फिर्ता गरिएको जनाइएको छ ।


No comments:

Leave a Reply