Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

१६ घण्टा पछि सिजी इलेक्ट्रोनिक्स कम्पनीको आगो नियन्त्रणमा अरबौंको क्षति

Like Us On Facebook Click Here
काठमाडौं,असोज २९ । काठमाडौंको सतुङगलमा रहेको सिजी इलेक्टोनिक्स कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । तर पूर्ण रुपमा नियन्त्रमा आउन अझै केही समय लाग्ने महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी निरीक्षक सुरेशकुमार साहले जानकारी दिनुभयो । आइतबार बेलुकी साढे पाँचबजेतिर लागेको आगो प्रहरी र स्थानीय बासिन्दाले रातभर लगाएर निभाएका हुन् । आगो निभाउन दमकल र खानेपानीका ट्याङ्करको पनि प्रयोग गरिएको हो । अहिले पनि ट्याङ्करको सहायतामा पानी हाल्ने काम भैरहेको छ । चौधरी ग्रुपले सञ्चालन गरेको यो कम्पनीले रेफ्रिजेरेटर, टेलिभिजन, मोवाइल लगायतका इलेक्ट्रोनिक्स सामान जोड्ने गरेको थियो । आगलागीबाट झण्डै दुई करोडको रुपैंयाको क्षति भएको अनुमान गरिएपनि यकीन विवरण संकलन भएको छैन । कम्पनीले विद्यूत सर्ट भएर आगो लागेको बताएको छ भने प्रहरीले त्यसबेला सतुंगल क्षेत्रमा लोडसेडिङ रहेकाले आगलागीको कारण थाहा हुन नसकेको जनाएको छ । स्थानीय बासिन्दाले आगो लागेको थाहा पाउनासाथ नियन्त्रणका लागि आफूहरु गएपनि कम्पनीका मान्छेले ढिलासुस्ती गरेको आरोप लगाएका छन् ।
Video Is Down Here:


No comments:

Leave a Reply