Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

केटी बेचेको आरोपमा डेढ बर्ष देखि थुनामा परे पछि….!

Like Us On Facebook Click Here
केटी बेचेको आरोपमा डेढ बर्ष देखि थुनामा तर बेचिएकी भनिएकी महिला घरजममा मस्त:- आफ्नी निर्दोश छोरीलाई मानव बेचविखन मुद्धामा प्रहरीले फसाएको भन्दै निग्लीहवाका भुखाली थारुले उनलाई न्याय दिन सरोकारवालाहरु संग अनुरोध गर्नुभएको छ । छोरी अनाहकमा फसेपछि भुखाली थारुका परिवारजन चिन्तित बनेका छन् । निग्लिहवा गाविस वडा नं. ४ विकुलीका भुखाली थारुकी २० वर्षीय छोरी भिमा थारु घरसंगैकी रुखसाना मुसलमान ( नाम परिवर्तन ) लाई बेचविखन गरेको आरोपमा प्रहरीले चलाएको मुद्धामा हाल पाल्पा कारागारमा पुर्पक्षका लागि थुनामा रहेकी छन् । पुर्पक्षका लागि भिमा थारुलाई थुनामा राख्ने जिल्ला अदालत कपिलवस्तुको आदेश भैसकेको केही महिना पछि मात्र घरबाट हराएर वेचविखन भएको भनिएकी रुखसानालाई स्थानीय गोविन्द पौडेलले पक्रेर प्रहरीलाई बुझाएका थिए ।  प्रहरीले बेचिएकी भनिएकी रुखसानालाई परिवारजनलाई बुझाएको थियो ।
भारतमा बेचिएकी भनिएकी रुखसाना सकुशल घरपरिवारमा आएपछि उनी नबेचिएकी र आफ्नी छोरीलाई अनाहकमा फसाइएको भन्दै उनका बाबुले छोरीलाई छुटाउन र न्याय दिलाईदिन पत्रकार, नागरिक समाजका अगुवा, प्रशासन तथा दलका नेताहरु संग याचना गरिरहेका छन् । रुखसाना बेचविखन नभई जितपुर स्थित जनता टेण्ट हाउसमा कार्यरत एक जना मजदुर केटासंग विवहा गरेको रहस्य खुलेको छ । टेण्ट हाउसमा कार्यरत मजदुर रिजुवान चौधरीसंग रुखसाना घरबाट हिडेकै दिन देखि सोही टेण्ट हाउसमा बस्दै आएको मजदुर चौधरीले बताउनुभयो । संगै बसेको केही महिना पछि आफुहरुको मन मिलेका कारण आफुहरुले मुस्लिम परम्परा अनुसार निकाह गरी विवहा गरेको रिजुवानले संचारकर्मीहरुलाई जानकारी दिए । रुखसानाले रिजुवानसंग विवहा गरेर १० । १५ जना साथी भाईलाई समेत भोज खुवाएको र आफुसंगै आफ्नै घरमा राख्दै आएको जनता टेण्ट हाउस जितपुरका प्रोपराईटर साहबुद्दिन मुसलमान बताउछन् । रुखसाना वेचिएकी भन्ने कुरा सत्य होईन, हामी जहां गएर पनि भन्न सक्छौं करीब एक वर्ष सम्म रुखसाना र रिजुवानसंगै वसेका छन्, साहबुद्दिनले भने, “रुखसानाको वेचविखन भएकै होईन, भिमा माथि लागेको आरोपमा कुनै सत्यता छैन ।” उहाले दाबी गर्नुभयो ।

Video Down Here:


No comments:

Leave a Reply