Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली काँग्रेसका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप

Like Us On Facebook Click Here
सिरहा, कात्तिक २ । लाहान नगरपालिकामा ताला लगाएर आन्दोलन गरिरहेका नेपाली काँग्रेसका कार्यकर्ता र सुरक्षाकर्मीबीच आज झडप भएको छ । झडपमा १२ जनाभन्दा बढी काँग्रेस कार्यकर्ता घाइते भएका छन् । काँग्रेसका लहान नगर कमिटी अध्यक्ष महेश चौधरीका अनुसार प्रहरीको लाठी प्रहारबाट १२ जना घाइते भएका छन् । गम्भीर घाइते गुडियादेवी खातुनको टाउको फुटेको छ । घाइतेहरुलाई उपचारका लागि लहान अस्पताल लगिएको प्रहरीले जनाएको छ । काँग्रेस कार्यकर्ताले नगरपालिकामा जुलुस प्रदर्शन गरेर लहान नगरपालिका कार्यालयभित्र प्रवेश गर्न खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको बताइएको छ । काँग्रेस कार्यकर्ताले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि सुरक्षाकर्मीले बाध्य भएर लाठी र अश्रुग्यास प्रहार गरेको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले बताउनुभयो । काँग्रेस कार्यकर्ताको ढुङ्गा प्रहारबाट केही प्रहरी पनि घाइते भएको खतिवडाले बताउनुभयो । नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार महतोबाट भएका भ्रष्टाचारको छानबिन गर्न समिति गठन र एकीकृत सम्पत्ति कर खारेजको माग गर्दै काँग्रेस नगर कमिटीले गएको असोज २८ गते आइतबार तालाबन्दी गरेको थियो । तालाबन्दीका कारण सोही दिनदेखि नगरपालिकाको कामकाज ठप्प छ ।


No comments:

Leave a Reply