Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

फ्राईडे रिलिज : बाजी मार्ने कल्पनामा फिल्मकर्मी

Like Us On Facebook Click Here
आज शुक्रबारबाट देशभरका पर्दामा ४ फिल्म रिलिज भएका छन् । एक सातामा एउटा फिल्मले नै राम्रो व्यापार गर्न नसकिरहेको अवस्थामा एकै पटक चार फिल्म रिलिज हुँदाको अवस्थामा पक्कै नाजुक त हुने नै छ । तरपनि, सम्बन्धित फिल्मका निर्माताहरू आ-आफ्नै फिल्मले बाजी मार्ने कल्पना गरिरहेका छन् । आज शुक्रबारबाट देशभरका थुप्रै पर्दामा फिल्म अध्याय रिलिज भएको छ । प्रविन स्याङ्बो निर्देशित अध्याय युवावर्ग लक्षित फिल्म हो । उमेश श्रेष्ठ, रामहरि अधिकारी, सुरेन्द्र शाही र दिनेश श्रेष्ठले निर्माण गरेको यो फिल्ममा कर्म, सुशीलराज पाण्डे, आकाश मगर, सिम्पल खनाल, स्वस्तिका राजभण्डारी, शान्ती गिरी लगायतले अभिनय गरेका छन् । एउटै समाजमा रहेका तीन युवाहरूले बुझेको र भोगेको प्रेमकथामा आधारित रहेर निर्माण गरिएको अध्यायमा योगेन्द्र श्रेष्ठको द्धन्दनिर्देशन, राजिब मानन्धरको छायांकन, अञ्जय खड्काको भिजुअल इफेक्ट, ब्रह्मनाल र आसिम चित्रकारको संगीत रहेको छ ।माओवादी संघर्ष कालिन पिरियडलाई आधार बनाएर परिर्वतन र क्रान्तिको सन्देश दिन खोजेको फिल्म 'जलजला' पनि आजैबाट देशभरका अधिकांश हलमा रिलिज भएको छ । विदेशी शक्तिको चेपुवामा भैरहेको नेपाली राजनीति माथिको प्रत्यक्ष हस्तक्षेप लगायतका विषयमा केन्द्रित शिवजी लामिछाने निर्देशित यो फिल्मलाई बिकास बोर्डले बिशेष फिल्मको मान्यता दिएको छ जसले गर्दा फिल्मले राजधानीमा मुख्य-मुख्य हल पाएको छ । एडल्ट सर्टिफिकेट दिईएको 'जलजला'मा आयुष रिजाल, रेखा थापा, कमल कृष्ण, किशोर खतिवडा, नन्दु श्रीवास्तव, स्वर्गिय गोपाल भुटानी लगायतको अभिनय रहेको छ । काशिराम भुसालको साथमा चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारी र निर्देशक लामिछानेको समेत लगानी रहेको शिबजी लामिछाने निर्देशित यो फिल्ममा चेतन सापकोटाको संगीत सुन्न सकिनेछ । फिल्मलाई बिष्णु कल्पितले खिचेका हुन् । २०६३ साल पछिको राजनीतिक अवस्थालाई चित्रण गर्न खोजिएको फिल्म दलाल र मायाप्रेमको बिषयमा बनेको फिल्म धडकन भित्र पनि आजै रिलिज भएका छन् । राजेश हमाल, प्रशान्त तामाङ र ऋचा सिंह ठकुरीको मुख्य अभिनय रहेको फिल्म धडकन भित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । राज तिमल्सीना, सोनिया केसी र सुनिल थापामो मुख्य अभिनय रहेको फिल्म दलाललाई विजय बस्नेतले निर्देशन गरेका हुन् ।


No comments:

Leave a Reply