Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

`जलजला`को दौडधुप

Like Us On Facebook Click Here

माओवादी संघर्ष कालिन पिरियडलाई आधार बनाएर परिर्वतन र क्रान्तिको सन्देश दिन खोजेको फिल्म 'जलजला' पौष २७ मा आउने भएपछि निर्माण युनिट पब्लिसिटीको दौडधुपमा लागेको छ । विदेशी शक्तिको चेपुवामा भैरहेको नेपाली राजनीति माथिको प्रत्यक्ष हस्तक्षेप लगायतका विषयमा केन्द्रित शिवजी लामिछाने निर्देशित यो फिल्मलाई बिकास बोर्डले बिशेष फिल्मको मान्यता दिएको छ जसले गर्दा फिल्मले राजधानीमा मुख्य-मुख्य हल पाउनेछ । फिल्मलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । फिल्ममा थुप्रै हिंसा र मारकाटका सिन रहेकाले एडल्ट सर्टिफिकेट दिईएको बताईएको छ । एडल्ट (वयस्क) सर्टिफिकेट पाएको 'जलजला' मा आयुष रिजाल, रेखा थापा, कमल कृष्ण, किशोर खतिवडा, नन्दु श्रीवास्तव, स्वर्गिय गोपाल भुटानी लगायतको अभिनय रहेको छ । काशिराम भुसालको साथमा चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारी र निर्देशक लामिछानेको समेत लगानी रहेको उक्त फिल्ममा चेतन सापकोटाको संगीत सुन्न सकिनेछ । फिल्मलाई बिष्णु कल्पितले खिचेका हुन् ।


No comments:

Leave a Reply