Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

माघ १ मै आयो कलिउड

Like Us On Facebook Click Here


माघ ५ बाट देशभर रिलिज हुने बताईएको फिल्म कलिउडलाई माघे संक्रान्ति बिदाको दाउ छोप्दै हिजो नै पुर्वका ४ र पोखरा र नारायणघाटका हल मार्फत रिलिज गरिएको छ । फिल्म पुर्वको कृष्ण टाकिज बिर्तामोड, दमकको निलकण्ठ चित्र मन्दिर र दमक चित्र मन्दिर तथा उर्लाबारीको भिलेज सिनेमा मार्फत प्रदर्शनमा आएको हो । फिल्मको बढ्दो चर्चा स्टारकास्ट र बिदामा राम्रै व्यापार गर्ने सोचका साथ हलवालाले डिमाण्ड गरे पछि फिल्म रिलिज डेट अघि नै रिलिज गरिएको निर्माता टंक कार्कीले बताए । रिलिज गरिएको पुर्वका हलहरुमा फिल्मले हिजो राम्रो कलेक्सन गरेको हल संचालकले जानकारी गराएका छन् । जुन सोच राखेर फिल्म रिलिज गरिएको थियो त्यो सोच सफल भएको उनीहरुले बताए । त्यसो त पुर्वमा नायक आर्यन सिग्देलको फ्यानको संख्या अध्याधिक रहेकोले उनको फिल्मको ओपेनिंग राम्रै हुने गरेको छ । माघ ५ बाट भने काठमाण्डौ उपत्यकाका अधिकांश हल सहित पुर्वको धरान, झुम्का, बिराटचोक लगायतका स्थानमा समेत फिल्म प्रदर्शन हुनेछ । हिजो फिल्म हेर्ने अधिकांस दर्शकले फिल्म हेरेर मिस्रित प्रतिक्रिया दिएका छन् । नवराज आचार्यले निर्देशन गरेको फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, पायल थापा, बिष्णु कार्की लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।


No comments:

Leave a Reply