Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

फेसबुककी साथी ‘पत्नी हुँ’ भन्दै घरमै आएपछि….

Like Us On Facebook Click Here
फेसबुकमा राम्रो अनुहार परेकी केटी देख्नासाथ साथी बनाउने र च्याट गर्न तम्सिइहाल्ने युवाहरु धेरै छन् । च्याट त हो नी भन्दै सुरु गरेको मित्रता कतिपयले बिहेमै परिणत पनि गरेका छन् । राजीखुसीले भए त ठिकै हो, तर तपाईले एकदुईपटक च्याट गरेकी यस्तै फेसबुक साथी तिम्री पत्नी हुँ भन्दै घरमै पुगे के गर्ने ? यस्तै परिबन्दमा परेका छन धनकुटाका हेमकर्ण कोइराला । चार बर्षअघि रोजगारीका शिलशिलामा कतार पुगेका बैनाबुधुक-८ धनकुटाका हेमकर्ण अहिले सामाजिक फन्दामा परेका छन् । चार महिनाअघि फेसबुकमा भेटिएकी २२ बषिर्या सविता अधिकारी आफू कोइरालाको पत्नी भएको दावी गर्दै उनको घर आएर बसेपछि हेमकर्ण अनौठो संकटमा परेको मंगलबारको नागरिक दैनिकले छापेको छ । काठमाण्डौमा टेम्पो चालक रहेकी अधिकारीले कोइरालासँग फेसबुकबाटै लभ परेको र आफुलाई पत्नी बनाउने आश्वासन दिएको दावी गरेकी छिन् । पछिल्लो समय कोइराला बेपत्ता भएकाले सोधखोज गर्दै उनको घरमै आइपुगेको अधिकारीको भनाई छ । महिलाहरुको भावनामा खेलवाड गरेको भन्दै उनले श्रीमती नबनाएसम्म घर नफर्किने अडान लिइरहेकी छिन् । कोइरालाले बाचाअनुसार सिन्दुर नहालेसम्म आफ्नो ठेगानासमेत नबताउने अड्डी लिएकी छिन् । सविताले धनकुटा प्रहरी र मानवअधिकारकर्मीलाई सुनाइरहँदा तीन दिन अघिमात्र घर आइपुगेका हेमकर्ण सवितासँग लभ नपरेको र बिहे गर्छु भनेर आश्वासन पनि नदिएको दावी गर्दै थिए । आफु कतारमा रहँदै सविता नामकी केटी घर आएर बसेको थाहा पाएपछि हतार हतार फर्किएको बताए । हेमकर्णले भने- मैले बिहे गर्ने कुरा त परै जाओस्, चिनेको समेत छैन । अनि कसरी श्रीमती बनाउनू ?’ फेसबुकमा सविताले नै रिक्वेष्ट पठाएको र सामान्य परिचयमात्र भएको हेमकर्ण बताउँछन् । आफु र आफ्नो परिवारलाई बदनाम गर्न मात्र सबिताले यस्तो हर्कत गरेको कोइरालाले बताए । हेमकर्णले श्रीमतीका रुपमा स्वीकार नगरेपछि उनले सदरमुकाम आएर प्रहरी र मानवअधिकारकर्मी गुहारेकी छिन् । महिला मानवअधिकार संजालले सोमबार कोइरालाको परिवारलाई बोलाएर छलफलसमेत गर्‍यो । हेमकर्णका दाजु टीकाले महिलाले सबिताको पक्ष लिएर झुक्काउन खोजेको गुनासो गरे । अहिले सबिता मानवअधिकार संजालको संरक्षणमा छिन् ।


No comments:

Leave a Reply